सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

२०८० साउन १९, ०९:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–६ हात्तिबोझाबाट ३२० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २७ वर्षीय कालु राना र २६ वर्षीय बिरेन्द्र बडायक बिहीवार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

यस्तै बेलौरी–१० सडकघाटबाट ३ ग्राम ६८० मिलिग्राम लागुऔषधसहित कृष्णपुर नगरपालिका–४ का २१ वर्षीय रितिक थापालाइ इलाका प्रहरी कार्यालय बेलडाडीले पक्राउ गरेको छ। थापालाइ लागुऔषध र मोटरसाईकल १ थानसहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस