सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तीन लाख बढी भन्सार छलीका सामान बरामद

२०८० साउन १९, ०८:५२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा तीन लाख बढी भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट भन्सार छली गरी ल्याएका अन्दाजी ३ लाख ७६ हजार मूल्य बराबरको कोट पाईन्टको कपडा, भेष्ट, मोटरसाईकल १ थान बिहीवार दिउसो प्रहरी बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेवारिसे अवस्थामा फेला परेका उक्त सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।
 

कमेन्ट लोड गर्नुस