सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ 

२०८० साउन १९, ०८:१३ खबर संवाददाता

धनगढीः धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१४ बाट ८९० मिलिग्राम लागुऔषधसहित धनगढी–७ का २१ वर्षीय रबि राना र ३४० मिलिग्राम लागुऔषधसहित धनगढी–१७ का १८ वर्षीय हितेश रानालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कनरीबाट खटिएको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको हो। यस सम्बन्ध प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
 

कमेन्ट लोड गर्नुस