माओवादीमा ६७ वर्षे उमेरहदको प्रस्ताव

काठमाडौंः नेकपा माओवादी केन्द्रको बैठकमा पार्टीमा उमेरहद लागू गरिनुपर्ने माग उठेको छ।
जारी केन्द्रीय समितिको बैठकमा एक नेताले सरकारले तोकेको ६८ वर्ष (ज्येष्ठ नागरिक भत्ता पाउने उमेर)लाई मापदण्ड बनाउन सकिने बताए। उनले भने, ‘यो कम भयो भन्ने हो भने ७० वा ७५ गर्न पनि सकिएला। तर, उमेर हदको व्यवस्था हुनैपर्छ। यस्तै पार्टी तथा जनवर्गीय संगठनका हरेक तहका कमिटी २ अङ्कको बनाउनुपर्ने सुझाव छ। ‘केन्द्रीय समिति बढीमा ९९, प्रदेश समिति ८५, जिल्ला समन्वय समितिलाई कार्यकारी समितिमा बदलेर ७५ सदस्यीय, महानगर समिति ५५, उपमहानगर समिति ४५, नगर समिति ३५, गाउँ समिति २५, वडा समिति १५, टोल समिति ९ र सेल कमिटी बढीमा ७ सदस्यीय बनाउनुपर्छ।’
हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार २ कार्यकालमात्र रहन पाउने व्यवस्था गर्न पनि माग राखेका छन्। साथै २०६३ यता पार्टीको तर्फबाट राजकीय जिम्मेवारी वा विभिन्न लाभको पदमा बसेका नेता कार्यकर्ताहरुको सम्पत्ति विवरण सार्वजनिक गर्नुका साथै आवश्यकताअनुसार राज्यको निकायद्वारा छानबिन गराउनुपर्ने कुरापनि बैठकमा उठेको छ।
.gif)


