सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक पालिकाको शिक्षा शाखामा तालाबन्दी

२०८० साउन १८, ०४:४२ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ।

जिल्लाको शुक्लाफाटा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको हो। नगरका विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका निजी स्रोतका शिक्षकहरुले आफ्ना मागको सुनुवाई नभएको भन्दै तालाबन्दी गरेका हुन्। निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षक लाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रिय माग विगत ६ दिने देखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो।

समितिका अध्यक्ष समेत रहेका भुपेन्द्र सिह धामीले ज्ञापन पत्र, विज्ञप्ति र धर्ना कार्यक्रम गर्दा पनि माग सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको बताएका छन्। उनले माग पुरा नभएसम्म तालाबन्दी यथावत रहने बताए। तालाबन्दी पछि समितिद्धारा जारी सूचनामा भनिएको छ ‘निरन्तर ६ दिनको धर्ना कार्यक्रम गर्दा पनि हाम्रा मागहरुको कुनै सुनुवाई नभएकाले आज शुक्लाफँटा नगर शिक्षा शाखामा तालावन्दी गरेका छौ। हाम्रा मागहरु पुरा नहुँदा सम्म तालावन्दी नखुल्ने र हामी निरन्तर आन्दोलमै रहने व्यहोरा सहित जानकारी गराउदछौ।’

उक्त आन्दोनलमा शुक्लाफाँटामा क्रियासिल नेपाल शिक्षक माहासंघका घटक संस्थाहरु नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन लगाएत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको समेत एक्यवद्धता रहेकोे छ।
 

कमेन्ट लोड गर्नुस