सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागु औषधसहित चार जना पक्राउ

२०८० साउन १८, ०२:०५ खबर संवाददाता

धनगढीः लागु औषधसहित चार जना पक्राउ परेका छन्। कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट चार जना लागुऔषधसहित बुधवार पक्राउ परेका हुन्। 

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ त्रिनगर ब्यारेलबाट पाँच ग्राम लागुऔषसहित रमेश राना पक्राउ परेका छन। अछामको मंगलसेन नगरपालिका वडा नम्ब। १ घर भएका राना धनगढीको बसपार्कमा कोठामा बस्दै आएका थिए। २३ वर्षीय रानालाई लागुऔषध नियन्त्रण ईकाइ महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ मिलनचोकबाट सात सय मिलिग्राम लागुऔषधसहित २५ वर्षीय विज्ञान बस्नेत पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बोराडाँडीका बस्नेत बुधवार दिउँसो पक्राउ परेका हुन्। प्रदेश प्रहरीका अनुसार लागुऔष नियन्त्रण ईकाइ महेन्द्रनगर र प्रहरी चौकी त्रिनगरको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

उता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११  बनारापुलबाट ४८ ग्राम लागुऔषधसहित २८ वर्षीय तेजबहादुर राना र  अर्जुनबहादुर राना पक्राउ परेका छन्। तेजबहादुरको घर सोही ठाउँ हो भने अर्जुनको घर अत्तरिया हो। ईलाका प्रहरी कार्यालय झलारी र अस्थायी प्रहरी पोष्ट कलुवापुरको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ। 


 

कमेन्ट लोड गर्नुस