सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक बालिकाको उद्धार

२०८० साउन १८, १२:४५ खबर संवाददाता

धनगढीः कञ्चनपुरको नेपाल भारत सीमा नाकाबाट एक बालिकाको उद्धार गरिएको छ। जिल्लाको दोधरा चाँदनी नाकाबाट एक बालिकाको उद्धार गरिएको हो। बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ की एक बालिकाको महाकालीको दोधरा चाँदनी नाकाबाट उद्धार गरिएको बताइएको छ। 

१६ वर्षीया बालिकाको शान्ति पुनस्पर्थापना गृहले दोधारा चाँदनी नाकाबाट उद्धार गरेको जनाएको छ। खप्तड छेडेदह गाउँपालिका वटा न–३ का १७ वर्षीय एक युवकले सोही गाउँकी १६ वर्षीया बालिकालाई विवाह गरेको वहानामा भारतमा लैजाँदै गरेको अवस्थामा उद्धार गरेको शान्ति पुनस्र्थापना गृह गड्डाचौकीले जनाएको छ।

खप्तड छेडेदह गाउँपालिका–३ का नरेश चँदाराले बालिकालाई ललाई फकाइ गरेर भारतमा लैजाँदै गरेको समयमा उद्धार गरेको हो। बालिकालाई आफन्तको जिम्मा लगाइएको छ। 


 

कमेन्ट लोड गर्नुस