सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट संघीय भूमि र मुख्यमन्त्रीसहित ६ जना मन्त्री

२०८० साउन १८, ११:३४ खबर संवाददाता

धनगढीः कैलालीबाट मन्त्री हुनेको संख्या ६ पुगेको छ। संघीय सरकारका एक र सुदूरपश्चिम सरकारमा पाँच जना मन्त्री तथा राज्यमन्त्री कैलालीबाटै छन्।

सुदूरपश्चिमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीले बुधवार पद तथा गोपनीयता शपथ खाएसँगै मन्त्री र राज्यमन्त्रीको संख्या ६ पुगेको हो। 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ र २ बाट ४ जना मन्त्री भएका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा रञ्जिता श्रेष्ठ चौधरी छन्। निर्वाचन क्षेत्र नम्बर १ को १ बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारका राज्यमन्त्री छन्। 

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ। यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नम्बर २ (१) बाट नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। यस्तै बुधवार मात्रै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी क्षेत्र नम्बर २(२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन। मन्त्री चौधरी नागरिक उन्मुक्तिबाट चुनाव लडेका थिए। 

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेश सभातर्फको दुईवटै निर्वाचनले पनि मन्त्री पाएको छ। क्षेत्र नम्बर ५ (१) मा माओवादीबाट निर्वाचित रमेश धामी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन्। यस्तै क्षेत्र नम्बर ५(२) मा कांग्रेसबाट निर्वाचित प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन्।
 

कमेन्ट लोड गर्नुस