सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा बैठक आज बस्ने

२०८० साउन १८, ०८:१० खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभा बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद् सचिवालयका अनुसार बिहीबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने  कार्यसूची छ।

यस्तै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषाद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रबारे जानकारी गराउने पनि कार्यसूची छ। बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानूनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको जनाइएको छ।

कमेन्ट लोड गर्नुस