सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाको जागिर खाने प्रलोभवनमा ८ जना ठगिए, ठगीमा संलग्नहरु सार्वजनिक

२०८० साउन १७, ०६:१९ खबर संवाददाता

दार्चुलाः  नेपाली सेनामा जागिर लगाउँछु भन्दै सर्वसाधारणबाट रकम असुली गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ।

सेनामा जागिर लगाउने भन्दै १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै उनीलाई पक्राउ गरेको हो। सात जनाबाट विभिन्न समयमा ’आर्मी बनाउँछु’ भनी ठगीमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान चलाएको दार्चुला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेयले बताएका छन्। पक्राउ पर्नेमा महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र २१ वर्षीय ईश्वर महर, वर्षीय ४४ का बिशनसिंह नगाल, वर्षीय २७ को रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिकाटोलका ३४ वर्षीय शंकर भूल छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का श्यामसिंह धामीलगायतका सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी पाण्डेयले बताएका छन्। उनका अनुसार नरेन्द्रसिंहले आफू नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत रहेको र सेनामा भर्ना गरिदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ। रकम असुलेका व्यक्तिहरुलाई फाराम पनि भर्नुपर्दैन। 

तालिमका क्रममा भागेका व्यक्तिहरुको ठाउँमा राख्ने आश्वासन दिलाएर ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ डिएसपी पाण्डेयले बताएका छन्। पक्राउ परेकाहरुको खाता नम्बर र ई–सेवामा रकम जम्मा भएको पाइएको छ। आरोपितहरुले विभिन्न व्यक्तिबाट ५० हजारदेखि तीन लाख १० हजार रुपैयाँसम्म असुलेका छन्। उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफूहरूलाई सेनामा जागिर लगाउँछु भन्दै संगठित रूपमा रकम असुली गरेको भन्दै मालिकार्जुन गाउँपालिका–३ का श्यामसिंह धामीलगायतले उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस