सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माण स्थलमा कामदार भेटाउनै मुस्कील

२०७६ वैशाख ८, ११:२७ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ५ तारानगरको पुरानो वालविहानी स्कुल देखी मट्यारी जोड्ने सडक निर्माणाधिन अवस्थामा छ। महिनौं पहिले निर्माण थालिएकोमा निर्माण स्थलमा कामदार नदेखिएको लामो समय भइसकेको स्थानीयले बताएका छन्। स्थानीय रमा शाहले लामो समयदेखि कामदार नै निर्माण स्थलमा नआएपछि सडक निर्माणको कार्य अलपत्र परेको बताईन्। जसले गर्दा  स्थानीयलाई आवात जावतमा समस्या हुने गरेको छ। यस्तै उप–महानगरपालिकाकै वडा नम्बर ६ मा निर्माण भईरहेको सडकमा पनि कामदार नदेखिएको महिनौँ भइसकेको छ।

अधिकांश स्थानमा केही निर्माण सामाग्री अलपत्र छोडेर कामदार फर्केर नआएको गुनासो स्थानीयको छ। कालोपत्रे गर्नु अघि आवश्यक पर्ने गिट्टी सडकको विचमा राखेको पनि महिनौं भएको स्थानीयले बताएका छन्। निर्माण स्थलमा कामदार नहुदा सडक निर्माणमा ढिलाई हुने समस्या एउटा देखिएको छ भने अर्को तिर सडक विचमै राखिएको निर्माण सामाग्रीले आवतजावत गर्न निकै सास्ती भएको छ।

आर्थीक वर्ष किन ३ महिना पनि वाँकी नभएका वेला निर्माण कार्यमा भईरहेको ढिलाई तथा लापरवाहीका कारण सडक पनि वलियो बन्नेमा आशंका उव्जीन थालेको  जालीका स्थानीय गोविन्द सार्कीले बताए। आउँदो आर्थिक बर्षका लागि योजना छनौटको प्रक्रिया सुरु हुने समय भईसक्दा समेत धनगढी उप–महानगरपालिकाले कार्यान्वयन गरिरहेका पुर्वाधार विकासका योजनाको निर्माण स्थलमा कामदार भेटाउनै मुस्कील हुने गरेको छ।

साना तथा ठूला योजनाहरु निर्माणधिन अवस्थामा रहेपनि महिनौदेखि निर्माण स्थलमा कामदार नआउने गरेको गुनासो स्थानीयको छ। चालु आर्थिक वर्षको तीन महिना भन्दा कम समय बाँकी भएकाले फेरी पनि पुर्वाधार विकासका योजना सम्पन्न हुनेमा आशंका गरिएको छ। यस्तै विगत झै असारे विकासको परिपाटीले प्रशय पाउने पनि संकेत देखिएको छ।

उप–महानगरपालिकाले कार्यन्वयन गरिरहेको पुर्वाधारका योजनाहरु मध्ये ४२ ओटा योजनाको सम्झौता गरि मुल्यङ्कन भईसकेको छ भने वाकी योजनाको सम्झौता तथा मुल्यङ्कन भईरहेको छ। ठूलो मात्रमा संञ्चालनमका रहेका योजनाको निर्माण अवधि चालु आर्थीक वर्ष सम्म मात्र रहेको छ। त्यसैले असारमा हतार–हतार योजना सम्पन्न हुने त होईन भन्ने आशंका बढेको छ। तर धनगढी उप–महानगरपालिकाका मेयर नृप ओडले भने कामदार अभावका कारण  यस्तो समस्या  आएको बताउछन्। 

निर्माण कार्य ठप्प रहेको महिनौ भएपछि सम्वन्धीत क्षेत्रका स्थानीयले सारोकारवाला निकायलाई आग्रह गर्दा पनि वास्ता नगरेको आरोप लगाएका छन्। निर्माण व्यवसायीको लापरवाहिका कारण निर्माण कार्य ठप्प भएको भन्दै उप–महानगरपालिकालाई गुहार्दा पनि उदासिनता देखाएको आरोप स्थानीयको छ । 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस