सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचारविरुद्धको अभियान छोडदैन, बरु सरकार छोड्छुँः अध्यक्ष प्रचण्ड

२०८० साउन १७, ०४:५२ खबर संवाददाता

काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दाहालले राम्रा काम गरे पनि सरकार र आफूमाथि घेराबन्दीको प्रयास जारी रहेको बताएका छन्।

काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको अभियान चाल्दा सरकारमाथि घेराबन्दी भए वा आफूलाई हटाउन खोजे त्यो स्वीकार्य हुने बताए। बैठकमा उनले भने, ’सरकार छाड्नु परे छाड्न तयार छु। तर भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन।’ दाहालले गठबन्धनमा आबद्ध दलहरूबीच कुनै विमत्ति नरहेको पनि प्रष्ट पारे। बरु सरकार थप बलियो हुँदै गएको उनले बताए।

उनले पार्टी पार्टीजस्तो नभएको गुनासो गर्दै पार्टी निर्माणको विषयमा जिम्मेवार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए। कम्युनिष्ट पार्टीको पुनःनिर्माण अभियान यो बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु,’ उनले भने।
 

कमेन्ट लोड गर्नुस