सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वालिकामाथि करणी प्रयास गर्ने वडा सचिब प्रकाउ

२०७६ वैशाख ७, ०६:२२ खबर संवाददाता

कैलालीको घोडाघोडी नगरपालिका ४ रामपुरमा वालिकामाथि करणीको प्रयास गर्ने एक जना वडा सचिव पक्राउ परेका छन्। प्रहरीले नगरपालिकाको वडा नम्बर ४ र ९ मा कार्यरत वडा सचिब यज्ञराज आचार्यलाई करणीको प्रयास गरेको भन्दै पक्राउ गरेको हो। सोही ठाउँमा बस्ने १२ वर्षिया वालिकालाई करणी गर्ने प्रयास गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रबार राति घरमै वालिका सुतिरहेको अवस्थामा करणीको प्रयास भएको आरोप लागेको छ। पीडीतको परिवारले इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि पक्राउ गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस