सुदूर नेपाललाई विश्वसँग जोड्दै

संवैधानिक परिषद्को बैठक आज बस्दै

२०८० साउन १६, ०९:०७ खबर संवाददाता

काठमाडौं: संवैधानिक परिषद्को बैठक आज बस्दै छ। प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको हो।

बैठक अपरान्ह चार बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच आइतवार भएको छलफलमा परिषद् बैठक बोलाउने सहमति भएको हो।

प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र कानुनमन्त्रीको उपस्थितिमा संवैधानिक परिषद्ले गत वैशाख २५ गते हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संसदीय सुनाइ सकिएपछि उनले गत असार २ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। प्रधानन्यायाधीश कार्कीले जिम्मेवारी सम्हालेको ५० दिनपछि साउन २० गते अवकाश लिँदै छन्।

कमेन्ट लोड गर्नुस