सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तस्करीको जरोसम्मै पुग्नेगरि अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

२०८० साउन १५, ०९:२५ खबर संवाददाता

काठमाडौंः  नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन्।

सुन तस्करी प्रकरणमा आफ्नो कार्यालय मातहतको राजश्व अनुसन्धान विभाग र प्रहरीको अपराध अनुसन्धानमा पोख्त टिमले छानबिन गरिहेको भन्दै प्रधानमन्त्री प्रचण्डले अभियानलाई निस्कर्षमा पु¥याउन पार्टीका सबै नेता कार्यकर्ता र आमजनताको सहयोग जरुरी रहेको उल्लेख गरे।

माओवादी केन्द्रको पदाधिकारी बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गरेर निष्कर्षमा पुग्ने बताए। उनले तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने प्रष्ट पारे।

कमेन्ट लोड गर्नुस