चटकपुरबाट भन्सार छलीका सामान बरामद

२०८० साउन १५, ०८:२९
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट अबैध रुपमा भन्सार छली ल्याएका अन्दाजी १५ हजार मुल्य बराबरको सुर्ती, बिडी लगायतका सामानहरु सोमबार दिउँसो प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
सामान नियन्त्रणमा लिइ कारबाहीको लागी भन्सार कार्यालय त्रिनगर पठाइएको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस