सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा वन मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० साउन १५, ०५:५९ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–३ का समिर भन्ने रामभरासे रानालाई उनकै घरबाट प्रहरीले सोमवार पक्राउ गरेको हो। रानालाई जिल्ला अदालत कञ्चनपुरले ‘वन पैदावार ओसार पसार’ मुद्धामा २०७६ माघ १५ गते पाँच महिना २६ दिन कैद र ३४ हजार ३४० रुपैयाँ जरिबाना तोकेको थियो।

राना सोहि दिनबाटै फरार रहेको थिए। अदालतले रानालाई आजै सजाय भुक्तानकालागि कारागार चलान गरेको छ।
 

कमेन्ट लोड गर्नुस