सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक घरबाट नगद साढे चार लाखसहित सुन चोरी

२०८० साउन १५, ०१:११ खबर संवाददाता

धनगढीः धनगढीको एक घरमा चोरी भएको छ। धनगढी उपमहानगर पालिका–४ बसपार्क पछाडि रहेको एक घरमा दिउँसै चोरी भएको हो।

आईतवार दिउँसो बसपार्क पछाडि सुरेन्द्र भट्टको घरबाट साढे चार लाख रुपैया र दुई तोला ६ ग्राम सुन चोरी भएको प्रहरीले जनाएको छ। उत्तर बेहडीस्थित घरमा कोही नभएको मौका छोपी आईतवार दिउँसो करीब ११ बजेदेखि दुई बजेको बिचमा चोरी भएको हो।

घरको मुल ढोकामा रहेको ताला फोडेर घरभित्र पसेको चोरहरुको गिरोहले दराज फोडेर सुन र नगद रुपैया चोेरर लगेको प्रहरीले जनाएको छ। उनीहरुले दराज र ताला फोड्न प्रयोग गरेको पेचकस र फलामको रड कोठाभित्र बेडमा छोडेर गएको समेत फेला परेको छ।

कमेन्ट लोड गर्नुस