सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सशस्त्र प्रहरीद्धारा साढे २ करोडको अवैध समान बरामद

२०७६ वैशाख ७, ०५:१३ खबर संवाददाता

कैलालीमा सशस्त्र प्रहरीले साढे २ करोड बराबरको अवैध समान बरामद गरी भन्सारमा दाखिला गरेको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणले नौ महिनाको अवधीमा मातहतका कार्यालयबाट समेत गरी २ करोड ४७ लाख ८३ हजार बराबरको समान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको जनाएको छ। गणपति सशस्त्र प्रहरी उपरिक्षक विष्णु प्रसाद भट्टले हाल सम्म उक्त मूल्य बराबरको समान बरामद गरी कैलाली भन्सार कार्यालयमा बुझाएको जानकारी दिए।

यस्तै सशस्त्र प्रहरीले आज पनि भन्सार छली ल्याउदै गरेका समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट सशस्त्र प्रहरी निरीक्षक प्रेम बहादुर ठकुल्लाको कमाण्डमा खटिएको टोलीले कैलारी गाँउपालिका ३ खोनपुरघाटबाट भन्सार छली ल्याउदै गरेको एक लाख ६२ हजार बराबरको फेन्सी कपडाहरु बरामद गरी कैलाली भन्सार कार्यालयमा बुझाएको जनाएको छ।   

कमेन्ट लोड गर्नुस