सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामानसहित एक महिला पक्राउ 

२०८० साउन १४, ०७:२८ खबर संवाददाता

धनगढीः  कैलाली र कञ्चनपुरमा प्रहरीले बेवारिसे अवस्थामा भन्सार छलीका सामान फेला पारेको छ।

कैलालीको धनगढी उउमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छलीका अन्दाजी ८० हजार मुल्य बराबरको आईसक्रिम बनाउन प्रयोग हुने कच्चा पदार्थ र प्लाष्टिकको बेलुन लगायतका सामान आईतबार बिहान प्रहरीले बरामद गरेको हो। वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सामान कारबाहीको लागि भन्सार कार्यालय त्रिनगर पठाएको प्रहरीले जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय अगाडी पुर्व पश्चिम राजमार्गबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा अन्दाजी १८ हजार २५० मुल्यबराबरको चामल, चकलेट, बिष्कुट, तेल लगायतका सामान प्रहरीले जफत गरेको हो। साथै सामानसहित सोहि पालिकाको–९ नम्बरकी ४६ वर्षीया निर्मला भट्टलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
 

कमेन्ट लोड गर्नुस