सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका निर्माण व्यवसायी विभिन्न मागसहित धर्नामा

२०८० साउन १४, ०५:५० खबर संवाददाता

डडेल्धुराः  डडेल्धुराका निर्माण व्यवसायी धर्नामा बसेका छन।

उनीहरुले जिल्लाको विभिन्न ठाउँमा आर्थीक वर्ष २०७९÷०८० मा काम गरे वाफतको भुक्तानी नपाएपछि व्यवसायी धर्नामा बसेका हुन्। उनीहरुले आफुले गरेको कामको तत्काल भुक्तानी पाउनुपर्ने लगायतका माग राखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना बसेका हुन्।

काम गरे वापतको रकम भुक्तानी गरिनुपर्ने, ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, ठेक्काको मूल्य समायोजन गरिनुपर्ने लगायतका माग राख्दै धर्नामा बसेको निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले बताए।
 

कमेन्ट लोड गर्नुस