सुदूर नेपाललाई विश्वसँग जोड्दै

दक्षिणी थाइल्याण्डको बारुद गोदाममा विस्फोट हुदा १० जनाको मृत्यु

२०८० साउन १४, ०५:२६ खबर संवाददाता

एजेन्सीः दक्षिणी थाइल्याण्डमा अनुमति नलिई सञ्चालन गरिएको बारुद गोदाममा भएको शक्तिशाली विस्फोटमा ज्यान गुमाउँनेको  सङ्ख्या १० पुगेको स्थानीय गभर्नरले बताएका छन्।

अनुमतिविना गोदाम सञ्चालन गरेको आरोपमा गोदामका मालिकलाई प्रहरीले खोजी गरिरहेको छ। शनिवार दिउँसो सुङ्गाई कोलोक सहरस्थित एक भवनको गोदाम नजिक वेल्डिङ गर्दा झिल्का लागेर विष्फोट हुँदा एक सयभन्दा बढी घाइते भएका तथा सयौँ घरमा गम्भीर क्षति भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

 १० जनालाई पहिचान गरेका छौं र दुईवटा शवका भाग फेला पारेका छौँ जसको हामीले अझै पहिचान गर्न सकेका छैनौँ, डिएनए परीक्षणलागि सम्बन्धित निकायमा पठाइएको छ,’ नाराथिवाटका प्रान्तीय गभर्नर सानन पोंगाक्सर्नले पत्रकार सम्मेलनमा भनेका छन्। नाराथिवाटका प्रहरी कमाण्डर, प्रहरी मेजर जनरल चालर्मपोर्न खाम्खिउले विष्फोट हुनुभन्दा केही समयअघि वारुद गोदामबाट पटाका क्रेतासमक्ष आपूर्ति गरिएको बताएका छन्। 
 

कमेन्ट लोड गर्नुस