संगम टोल विकास समितीको नयाँ कार्यसमिति चयन
धनगढीः संगम टोल विकास समितिको छैटौं साधारण सभा संगम टोलमा अवस्थित सिद्धार्थ विद्या मन्दिरमा नयाँ नेतृत्व चयन गरि सम्पन्न भएको छ।
अध्यक्षमा प्रजापती जोशी(प्रकाश) सहित १० सदस्यीय टोल विकास कार्य समिति गठन गर्दै उपाध्यक्षमा दुर्गा जोशी र मान सिह बिस्ट, सचिव दिपकबहादुर चन्द, कोषाध्यक्षमा बिबेकानन्द भट्ट(दिपक), चयन भएका छन्। कार्य समिति सदस्यहरुमा कृष्ण भण्डारी, निरज भट्ट, शुशिला शाह, सरोजबहादुर रोकाया र भागरथी उपाध्याय चयन भएका छन्।
सुदुरपश्चिम प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य श्यामलाल रानाको प्रमुख अतिथ्य तथा , गोपाल भट्टको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो।