धनगढीमा दुईवटा मोटरसाइकल चोरी

धनगढीः धनगढीमा दुई वटा मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–७ मनेहराका ३० वर्षीय हरिचन्द्र जोशीको घरमा पार्किङ्ग गरीराखेको सुदूरश्चिम प्रदेश ०१००८ प ९१३० नम्बरको मोटरसाइकल गएराति चोरी भएको हो।
रातो कलरको २ सय सीसी अपाची मोटरसाइकल चोरी भएकाले देख्ने वा कसैको सम्पर्कमा भए ९८४०१६९७२९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस्तै धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने रामबिर चौधरीको से ७ प ४२७५ नम्बरको कालो कलरको १५० सीसी पल्सर मोटरसाइकल १२ गते राति आफ्नै घर अगाडि राखेको अवस्थामा हराएको हो। उक्त मोटरसाइकल कतै देख्नेले नजिकैकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।



