सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली क्वारेन्टाइनमा तालाबन्दी, अदालतको आदेश नमानेपछि संघर्षमा उत्रिने निर्णय

२०७६ वैशाख ७, ०३:३७ खबर संवाददाता

पशु क्वारेन्टाइन गड्डाचोकी चेकपोष्ट कैलालीमा तालाबन्दी गरिएको छ। उच्च अदालत ईजलाश महेन्द्रनगरले दिएको अन्तरिम आदेश समेत नमानेको भन्दै त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेकपोष्टमा तालाबन्दी गरिएको हो। पशु क्वारेन्टाइनले चैत २० गतेदेखि दाना उद्योगीहरुका कच्चा पदार्थ बोकेका गाडीहरु आयातमा रोक लगाएको छ। क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको स्वस्थ्यताको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान  लिएपछि व्यवसायीहरुले उच्च अदालमा रिट हालेका थिए। कच्चा पदार्थ चेकजाँच गर्दै तत्काल गाडी छोड्न उच्च अदालत ईजलाश महेन्द्रनगरले अन्तरिम आदेश दिईसकेको छ।

तर क्वारेन्टाईनले गाडी छोड्न र अदालतको आदेश मान्न अटेरी गरेपछि आज उद्योग वाणिज्य संघको नेतृत्वमा गएका व्यवसायीहरुले क्वारेन्टाइनमा तालाबन्दी गरेका हुन्। चैत २० गतेदेखि क्वारेन्टाइनले भन्सारमा १६ वटा ट्रक रोकेको छ। आयातमा रोक लगाइँदा कैलालीका सञ्चालित दाना उद्योगहरु संकटमा परेका छन् भने पोल्ट्री व्यवसायमा गरिएको ५ अर्व बढि लगानी डुब्ने खतरा बढेको छ। 

यस्तै कैलाली उद्योग वाणिज्य संघले उच्च अदालतको आदेशपछि पनि भारतबाट ल्याईएको कच्चा पदार्थ नछोड्ने क्वारेन्टाइन विरुद्ध कडा संघर्षमा उत्रिने निर्णय गरेको छ। आज धनगढीमा भएको छलफलपछि क्वारेन्टाइन विरुद्ध कडा संघर्षमा उत्रिने निर्णय भएको हो। सोही अन्तरगत आज तालाबन्दी गरिएको हो भने भोलीदेखि विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने तयारी भएको छ। यस्तै उच्च अदालतको आदेश नमानेपछि क्वारेन्टाइन विरुद्ध अबहेलना मुद्धा हाल्ने पनि निर्णय भएको कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस