सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरियाली धनगढी अभियानमा लक्ष्मी–सनराइज बैंकको साथ

२०८० साउन १२, ०६:०१ खबर संवाददाता

धनगढीः  दोस्रो चरणको हरियाली धनगढी अभियानमा लक्ष्मी–सनराइज बैंकले साथ दिएको छ।

धनगढी उपमहानगरपालिकाले सुरु गरेको दोस्रो चरणको हरियाली प्रबद्र्धन कार्यक्रममा धनगढी चौराहमा रहेको सो बैंकले ५० विरुवा बराबर दुई लाख ५० हजारको चेक नगरप्रमुख गोपाल हमाललाई हस्तान्तरण गरेका छन्। बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिवाकर जोशी र सुरेन्द्र शाहीले धनगढीलाई पर्यावरणमैत्री बनाउन ५० विरुवा बराबरको रकम उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन्।

हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ। उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।
 

कमेन्ट लोड गर्नुस