भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Death-body-900px_24.jpg?itok=_dM23zoH)
२०८० साउन ११, ०२:२४
अछामः भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाक्षीमनाकी उज्जली अउजीको घाँस काट्न गएको बेला बुधवार भिरबाट लडेर मृत्यु भएको हो।
उनको गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। उनको भिरबाट करिब तीनसय मिटर तल खसेर निधन भएको बताइएको छ।
जिल्ला प्रहरी अछाममा भने घटनाको बारेमा जानकारी छैन।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1720425056360.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस