सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन प्रकरणका मुख्य व्यक्तिलाई पक्राउ नगरे संसदमै आमरण अनशन बस्छुः सांसद शर्मा

२०८० साउन १०, ०७:३० खबर संवाददाता

काठमाडौँः  नेपाली कांग्रेसका एक सांसदले सुन प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई पक्राउ नगरे आफू संसद्मै आमरण अनशन बस्ने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सुनील शर्माले यस्तो चेतावनी दिएका हुन्। सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सांसद शर्माले माग गरेका हुन्। उनले भने,’काठमाडौं विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन आउँदा पनि पक्डन नसक्नु भनेको हामी सबै त्यो दोषको भारिदार हुन्छौं।’

उनले भने, ’अर्थमन्त्री र गृहमन्त्रीले त्यही भुजेललाई मात्रै पक्रेर बस्छन् भने प्रधानमन्त्री फर्केपछि उहाँहरूले तोकेको मितिभित्र भरिया मात्रै पक्राउ पर्छ भने यो सदनभित्र म आमरण अनशन घोषणा गर्न चाहन्छु।’
 

कमेन्ट लोड गर्नुस