सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भन्सार छलिका कुखुरासहित दुई जना पक्राउ

२०८० साउन १०, ०६:०९ खबर संवाददाता

धनगढीः  कैलालीमा भन्सार छलिका कुखुरासहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उप–महानगरपालिका–७ मोतीचोकबाट अबैध रुपमा भन्सार छलि अन्दाजी ६७ हजार छ सय मुल्य बराबरका ब्रोइलर कुखुरा तथा एक थान मोटरसाईकलसहित दुई जना पक्राउ परेका हुन्।

धनगढी उप–महानगरपालिका–१५ का २८ वर्षीय दिपेन्द्र चौधरीसहित दुई जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ। समानसहित दुबैजनालाई कारबाहीका लागि भन्सार कार्यालय त्रिनगरमा पठाएको छ।
 

कमेन्ट लोड गर्नुस