कैलालीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका–९ खग्रौला प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम लागुऔषधसहित भारतीय नागरिक ५१ वर्षीय हरिओम सिंह राजपुत मंगलवार पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिइएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनले चलाएको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाईकलमा लुकाई राखेको लागुऔषध फेलापारी मोटरसाईकलसहित उनलाई पक्राउ गरेको जनाएकोे जनाएको छ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका–१० गड्डाचौकी ब्यारेल नजिकबाट लागुऔषध फेनरागन ९ एम्पुल, रेक्सोजेसिक ११ एम्पुल, डाइजेपाम १ एम्पुल र ०.०६ ग्राम लागुऔषध खैरोहिरोईनसहित भिमदत्त–१८ का २८ वर्षीय हेमराज भट्टलाई मंगलवार प्रहरीले पक्रउ गरेको छ।



