सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली राजदुतावासले मलेसियाका विभिन्न राज्यमा श्रमिकका समस्या सुन्न र जानकारी दिन कार्यक्रम गर्ने

। फोटो स्रोत ।
२०७६ वैशाख ७, ०२:०० खबर संवाददाता

मलेसियामा रहेका नेपाली श्रमिकका समस्या सुन्न र विभिन्न जानकारी दिन दूतावासले मलेसियाको विभिन्न राज्यहरुमा कार्यक्रम गर्ने भएको छ।

राहदानीको आवेदन संकलन गर्ने, राहदानी जारी गर्ने, यात्रा अनुमतीपत्र जारी गर्ने, कागजात प्रमाणीकरण, सचेतना र समस्या सुन्नका लागि विभिन्न ठाउँमा कार्यक्रम गर्ने भएको हो। 

यही वैशाख १५ गते पाहाङको क्यामरुन हाइल्याण्डमा, २२ गते वातुपाहतको जोहरमा २९ गते कोताकिनावालुको साभामा कार्यक्रम गर्ने नेपाली दूतावासले जनाएको छ।

यस्तै दूतावासले आउँदो जेठ ५ गते इपो पेराकमा, १२ गते जोहर वारुको जोहरमा, १८ गते अलो सेतारको केडामा र २६ गते पेनाङमा श्रमिकका लागि कार्यक्रम गर्ने भएको छ। असार १ गते लडवीको केडामा, असार ८ गते मिरीको सारावाकमा, असार १५ गते मेलाकामा र असार २१ गते कुवान्तानको पाहाङमा दूतावास श्रमिकका लागि कार्यक्रम गर्ने भएको छ।

मलेसियाका विभिन्न राज्यमा काम गर्ने नेपाली श्रमिककालाई दूतावासले दिने सेवा, रोजगारी सुरक्षाका र कानूनी परामर्शका बारेमा जानकारी गराउने र श्रमिकका समस्या तथा गुनासा सुन्नका लागि कन्सुलर सेवा शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको दूतावासले जनाएको छ।  श्रमिककै लागि यो कार्यक्रम गरिएकाले मलेसियामा कार्यरत सबै नेपालीलाई आफूलाई पायक पर्ने ठाउँमा उपस्थित हुन दूतावासले अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस