सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई जना लागुऔषधसहित पक्राउ    

२०८० साउन ९, ०७:५३ खबर संवाददाता

धनगढीः धनगढीका दुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार उपमहानगरपालिका वडा नम्बर ५ मटियारीका २९ वर्षिय लक्ष्मण खड्का र २० वर्षिय आदित्य चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। उनीहरुलाई कञ्चनपुरको पुनवार्स नगरपालिका वडा नम्बर ४ कारगिल डाँडाबाट आठ सय ४० मिलिग्राम खैरोहेरोइनसहित पक्राउ गरिएको हो। 

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिईएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।  


 

कमेन्ट लोड गर्नुस