सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘हरित धनगढी’का लागि ज्योति बैंकले दियो ५० हजार

२०८० साउन ९, ०७:३५ खबर संवाददाता

धनगढीः ‘हरित धनगढी’का लागि ज्योति बैंकले ५० हजार रुपैयाँ दिएको छ। धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको हरियाली प्रवर्धन कार्याक्रमका लागि ज्योति  विकास बैंक लिमिटेड, धनगढले ५० हजार रुपैयाँ सहयोग गरेको हो। 

बैंकले १५ औँ वर्षिकोउत्सवको अवसरमा ‘हरित धनगढी’कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ। ज्योति विकास बैंकका धनगढी शाखा प्रबन्धक गोविन्द बोहरासहितको टोलीले नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानालाई रकम हस्तान्तरण गरेका हुन्। धनगढी उपमहानगरपालिकाले ‘हरित धनगढी’का लागि हरियाली प्रवर्धन कोष स्थापना गरेको छ। उपमहानगरपालिकाले एक ट्रि–गाडसहितको बिरुवाको पाँच हजार रुपैयाँ लिने गरेको छ। बिरुवाको ट्रि–गार्डमा संस्था तथा व्याक्तिले नाम लेख्न पाउनेछन्। 

उपमहानगरपालिकाले राष्ट्रिय वार्णिज्य बैंक, धनगढीमा रहेको खाता नम्बर ४१७०१००३०५०१०००२ मा रकम जग्गा गर्न आग्रह गरेको छ।  धनगढीमा हरियाली प्रवर्धन कोष स्थापना गरेर रकम संकलनको अभियान थालेको हो। संकलन भएको रकमबाट उपमहानगरपालिकाले थप बिरुवा रोप्ने योजना बनाएको छ। 
 

कमेन्ट लोड गर्नुस