वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत स्वास्थ्य संस्थाको सरकारले अनुगमन गर्ने

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकृत भएका स्वास्थ्य संस्थाको सरकारले अनुगमन गर्ने भएको छ।
सूचीकृत हुन आएका स्वास्थ्य संस्थाको मापदण्ड पुगे नपुगेको बारे सरकारले भोलि आइतबारदेखि अनुगमन गर्ने भएको हो। अनुमगमनका लागि उपत्यकामा एउटा र उपत्यका बाहिर तीन वटा गरी चार वटा टोली खटिनेछ।
उपत्यकामा खटिएको टोलीलाई अनुमगनका लागि १५ दिनको म्याद दिइएको छ भने उपत्यका बाहिर खटिने ३ वटा टोलीलाई १० दिनको म्याद दिइएको छ।
चार सदस्यीय अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।



