सुदूर नेपाललाई विश्वसँग जोड्दै

लाइन्स कल्ब अफ् काठ्माण्डौंद्धारा कपडा बैंकलाई सहयोग

२०८० साउन ९, १०:१८ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई सहयोग गरिएको छ। लाइन्स कल्ब अफ् काठमाण्डौंले शिवपुरी धाममा रहेको कपडा बैंकलाई ८ झोला कपडा सहयोग गरेको हो। जोन चेयरमेन अरुणबहादुर शाहीको अग्रसरतामा कपडा संकलन गरेर बैंकमा बुझाइएको हो। 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरीमा रहेको कपडा बैंकमा संकलन भएका कपडा निःशुल्क वितरण गरिदै आएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको परिवारको नीजि लगानीमा बैंक सञ्चालन गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस