अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई अवकाश दिइने
धनगढीः धनगढीका सामुदायिक विद्यालयमा कार्यरत अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरूलाई अवकाश दिइने भएको छ।
अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरूलाई अनिवार्य अवकाश दिन धनगढी उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई पत्राचार गरेको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खातीद्वारा हस्ताक्षरित पत्रमा सामुदायिक विद्यालयहरूमा नियम विपरीत अध्यापन अनुमतिपत्र नभएका शिक्षकहरू नियुक्त भए÷नभएको यकिन गरी नियमानुसार छानबिन गरेर आवश्यक कारबाही गर्न वडा कार्यालय र सम्पूर्ण सामुदायिक विद्यालयहरूलाई पत्राचार गरिएको छ।