सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा काठमाडौँ जादै गरेको बसमा विष्फोटक पदार्थ भेटियो

२०७६ वैशाख ७, १२:२० खबर संवाददाता

कैलालीमा भारतको दिल्लीबाट काठमाडौँ जादै गरेको बसबाट सशस्त्र प्रहरीले बिष्फोटक पदार्थ बरामद गरेको छ। सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारीले गएराती करिब पौने १ बजेको समयमा चेकजाँचका क्रममा  ना ५ ख ७२४५ नम्बरको बसबाट विष्फोटक पदार्थ बरामद गरेको जनाएको छ। डुडेझारी बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक  नेत्र केसीले  चेकजाँचका क्रममा बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटर बरामद गरिएको जानकारी दिए।

केसीले बसबाट दुई वटा ल्पापटप कम्प्युटर, केही रेडिमेड कपडा सहित हार्डवयरका समाग्री पनि बरामद गरिएको बताए।  शंकाका आधारमा बस चेकजाँच गर्ने क्रममा ती सामानहरु बरामद गरिएको बताउदै सशस्त्र प्रहरी नायब उपरिक्षक केसीले राती यात्रुहरु विचल्लीमा पर्ने भएकाले बस नरोकिएको जनाए तर आज बिहान मात्र बस नवलपरासीमा रोक्न लगाईएको उनले बताए।  बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाईने सशस्त्र प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस