सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक कैदीको मृत्यु

२०८० साउन ८, ०२:४४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक कैदीको मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

उनी जिल्ला कारागार कैलालीमा कैद जीवन विताइरहेका थिए। उनको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ। कैलाली कारागार प्रमुख पदमराज तिमिल्सेनाका अनुसार क्षयरोगबाट ग्रसित विष्टको अवस्था जटिल भएपछि उपचारका लागि चार दिनअघि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

आईसियुमा राखिएका विष्टको स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा राखिएको थियो। विष्ट चोरी मुद्दामा २०७५ साल चैत १२ गतेदेखि कैलाली कारागारमा सजाय काटिरहेका थिए।
 

कमेन्ट लोड गर्नुस