सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कारागार कैदीबन्दीको उपचारको क्रममा मृत्यु 

२०८० साउन ८, ०९:४७ खबर संवाददाता

धनगढीः कैलाली कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ।

चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। कैलाली कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।   

कमेन्ट लोड गर्नुस