सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना

२०८० साउन ८, ०६:१५ खबर संवाददाता

काठमाडौं: हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 सोमवार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू–भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ।

 

कमेन्ट लोड गर्नुस