सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट एक लाख २९ हजारका अवैध सामान बरामद

२०८० साउन ७, ०८:३२

धनगढीः कैलाली र कञ्चनपुरबाट एक लाख २९ हजारका अवैध सामान बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार शनिवार एक लाख २९ हजार ६ सय मूल्यका भन्सार छलीका सामान बरामद गरिएको हो।

प्रदेश प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट ४५ हजार पाँच सय मूल्यका मसला, गुट्का, सुर्ती, चप्पल, चिनी, मैदा लगाएतको सामान बरामद गरिएको छ। शनिवार साँझ प्रहरीको गस्ती टोलीले बेवारिस्य सामान बरामद गरेको हो।

उता कञ्चनपुरमा ८४ हजार एक सय मूल्यका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर २ बाट भन्सार छलीका  एयर फोन, पावर बैंक, मोबाईलका चार्जर लगाएतका सामान बरामद गरिएको हो।
 

कमेन्ट लोड गर्नुस