सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पर्यटन मन्त्री धामीले ‘दाइनो’ नचाएको भिडिओ भाइरल

२०८० साउन ७, ०७:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका पर्यटन मन्त्री रमेशसिँह धामीले दाइनो नचाएको भिडिओ भाइरल भएको छ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री धामीले बैतडीमा ‘दाइनो’ नचाएका थिए। 

शनिवार बैतडीस्थित सिगास गाउँपालिकाको–३ मा उनले दाइनो नचाएका सचिवालयले जनाएको छ। उनको छलिया नाचसहितको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको हो। उनको दाइनोसहितको नाँचमा विभिन्न प्रतिक्रिया आइरहेका छन्। पर्यटन मन्त्री धामीको उक्त भिडिओमा धेरैले सकारात्मक रुपमा लिएर कलाको सम्मान गर्नुपर्ने बताइरहेका छन। केहीको आफ्नो पदीय मर्यादालाई ध्यानमा नराखेको पनि टीप्पणी छ।

मन्त्री धामी खानेपानी आयोजना उद्घाटन गर्न सिगास पुगेका थिए। सिगास ३ को लगन भन्ने ठाउँमा प्रदेश सरकारको ८ करोड लागतमा सम्पन्न बृहत लिफ्ट खानेपानी योजनाको मन्त्री धामीले उद्घाटन गरेका हुन्। 
यस्तै उद्धघाटन कार्यक्रममा सुदूरपश्चिम सरकारका निवर्तमान भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहराको पनि सहभागिता रहेको थियो।


 

कमेन्ट लोड गर्नुस