सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कालोपत्रे सडक हस्तान्तरण नहुँदै भत्कियो, स्थानीय आन्दोलीत

२०७६ वैशाख ७, १०:२५ खबर संवाददाता

धनगढी उप–महानगरपालिका वडा नम्वर ६ मा कालोपत्रे भएको सडक हस्तान्तरण नहुँदै भत्किएको छ। वडा नम्वर ६ को जालीचोक देखि जोकैया जोड्ने तीन किलोमिटर सडक कालोपत्रे भएर हस्तान्तरण नहुँदै भत्किएको हो। १० टन भार क्षमता भएको उक्त सडकमा त्यो भन्दा बढि भार क्षमताका ट्रक, ट्रिपर गुडाएपछि सडक भत्किएको स्थानीयले आरोप लगाएका छन्। स्थानीयले भार क्षमता भन्दा ठुलो गाडीहरु सडकमै रोकेर विरोध जनाएका छन्। उनीहरुले सडक अवरुद्ध पारेका छन्। 
 

कमेन्ट लोड गर्नुस