सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्राइमियाको रुसी हतियार भण्डारणमा युक्रेनी ड्रोन हमला

२०८० साउन ६, ०७:३८ खबर संवाददाता

एजेन्सीः  रुसको क्राइमियामा रहेको हतियार भण्डारणमा युक्रेनले ड्रोन हमला गरेको छ।

हमलाबाट क्राइमियाको हतियार भण्डारणमा आलो लागेको र आसपासका पाँच किलोमिटर क्षेत्रमा बस्ने नागरिकहरूलाई अन्तै सारिएको क्राइमियाका गभर्नर सेर्गि एक्सिओनोभले रुसी सरकारी विश्व च्यानल आरटीलाई बताएका छन्। युक्रेनले गरेको हमलामा कुनै मानवीय हताहती भने भएको छैन। युक्रेनी अधिकारीहरूले भने रुसी तेल तथा हतियार भण्डारणलाई ध्वस्त गरेको बताएको छ।

पछिल्लो समयमा युक्रेनले ड्रोन हमला बढाएको छ। गत हप्ता युरोपको सबैभन्दा लामो पुल क्राइमिया पुलमा युक्रेनले ड्रोन हमला गरेको थियो। हमलाबाट पुलमा सवार एक दम्पतीको ज्यान गएको थियो भने उनीहरूकी एक नाबालक छोरी घाइते भएकी थिइन। रुसले यो हमलालाई आतंककारी हमला भनेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने क्राइमिडा पुल भत्काउनु युक्रनेको युद्धको अल्पकालीन उद्देश्य भएको अमेरिकी च्यानल सिएनएनलाईअन्तरवार्तामा बताएका छन्।
 

कमेन्ट लोड गर्नुस