सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको महाराष्ट्रमा पहिरोमा पुरिएर २२ जनाको मृत्यु

२०८० साउन ६, ०५:३९ खबर संवाददाता

एजेन्सीः  भारतको महाराष्ट्र राज्यमा गएको पहिरोको कारणले २२ जनाको ज्यान गएको छ भने दर्जनौँ पुरिएका छन्।

बीबीसीका अनुसार राइगढ जिल्लाको इरसालवाडी गाउँमा बुधवार राति साढे १० बजे गएको पहिरोले यस्तो क्षति गरेको हो। पहिरोले गाउँका ५० मध्ये १७ घर बगाएको छ। भारी वर्षाको कारणले पहिरो जाँदा अहिले पनि ११५ जना हराइ रहेका महाराष्ट्र प्रदेश सरकारको तथ्यांक छ।

यस्तै बिच महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले पहिरोमा पुरिएर ज्यान गएकाको परिवारलाई जनही पाँच लाख भारु दिने बताएका छन्।

कमेन्ट लोड गर्नुस