सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहुल गान्धी बेलायती नागरिक भएको आरोप

२०७६ वैशाख ७, १०:१० खबर संवाददाता

इलाहाबाद उच्च अदालतको लखनउ बेञ्चले भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीको नागरिकता विवादबारे केन्द्र सरकारले इमानदारीपूर्वक छिट्टै निर्णय लिनुपर्ने बताएको छ। 

राहुल गान्धीको नागरिकताका विषयमा दर्ता भएको एउटा रिटमाथि सुनुवाइ गर्दै अदालतले कांग्रेस अध्यक्ष गान्धीको नागरिकताको सत्यतथ्यबारे सरकार इमानदार भएर निर्णय गर्नुपर्ने बताएको हो। 

रिटमा राहुल गान्धीले बेलायती नागरिक लिएकाले कानुनी हिसाबले भारतीय नागरिक नभएको आरोप लगाइएको थियो। यस विषयमा न्यायाधीशद्वय देवेन्द्रकुमार अरोडा र मनीष माथुरको संयुक्त इजलासले केन्द्र सरकारलाई चाँडै नै निर्णय गर्न निर्देशन दिएको छ।

भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीमाथि बेलायती नागरिकता लिएको आरोप लगाइए पनि उनले भने यसलाई अफवाह फैलाइएको भन्दै आएका छन्। 
 

कमेन्ट लोड गर्नुस