धनगढी र महेन्द्रनगरमा ५७ करोड ६२ लाखका २ वटा होल्डिङ सेन्टर अलपत्र
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर ३ र भीमदत्त नगरपालिका वडा नम्बर १८ मा एक÷एक हजार शय्याका होल्डिङ सेन्टर निर्माण गर्न २०७८ को असारमा सम्झौता भयो। नेपाली सेनामार्फत हनुमान निर्माण सेवाले काम पूरा गरेको एक वर्ष बढी भएको छ। होल्डिङ सेन्टरमा विद्युत र खानेपानीको समेत व्यवस्थापन गरिएको हनुमान कन्स्ट्रक्सनले गरेको छ। तर संघीय सरकारले निर्माण गरेको होल्ङ्गि सेन्टर सञ्चालनमा भने आएका छैनन्। कोरोना संक्रमितहरुलाई राख्न निर्माण गरिएका होल्डिङ्ग सेन्टर अलपत्र पारिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डाक्टर पवनकुमार शाहले सञ्चालनका विषयमा छलफल जारी रहेको बताए। तर उनले निर्णय नभएको बताएका छन्।
संक्रामक रोग फैलिएको समयमा भारतबाट फर्किएका नागरिकका लागि होल्डिङ सेन्टरहरु निर्माण गरिएका हुन्। कोरोनाको संक्रमण फैलिएको समयमा नेपाल सरकारले प्रति होल्डिङ सेन्टर निर्माणमा २८ करोड ८१ लाख खर्च गरेको छ। होल्डिङ सेन्टरमा शय्या लगाएतका उपकरणहरु समेत छन्।
त्रिनगर–गौरीफन्टा सीमा नाका हुँदै स्वदेश फर्किनेहरुका लागि धनगढी उपमहानगर ३ बडहरा र गड्डाचौकी सीमा नाका भएर फर्किने नेपालीका लागि भीमदत्त नगरपालिका–१८ सालघारीमा होल्डिङ सेन्टर निर्माण गरिएको हो। संघीय सरकारले सञ्चालनका लागि छलफल मात्र गर्दै आएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव ज्ञान प्रसाद ढकालले सञ्चालनका लागि कुनै निर्णय नभएको बताए। उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई सुझाव माग गरिएको बताए।
होल्डिङ सेन्टरलाई अस्पतालको रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको भनिएको हो। सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालयहरुलाई संघीय सरकारले सुझाव माग गरेको हो। तर सञ्चालनको मापदण्ड नभएकाले दुई वर्षदेखि होल्डिङ सेन्टर अलपत्र छन्।
कैलाली र कञ्चनपुरमा एक/एक हजार शय्या क्षमताका होल्डिङ्ग सेन्टरहरु तयार छन्। संघीय सरकारको बजेटमा नेपाली सेनामार्फत होल्डिङ्ग सेन्टर निर्माण गरिएको हो। धनगढीको होल्डिङ्ग सेन्टर मोहनाको कटानको जोखिममा समेत रहेको छ।
कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा दुई वटा होल्डिङ्ग सेन्टर अलपत्र छन्। नेपाली सेनामार्फत ५७ करोड ६२ लाखमा निर्माण पूरा भएका होल्डिङ्ग सेन्टर दुई वर्षदेखि अलपत्र अवस्थामा छन्। गौरीफन्टा सीमा नाका हुँदै नापाल फर्किनेहरुका लागि धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ बडरामा र गड्डाचौकी सीमा नाका हुँदै स्वदेश फर्किनेहरुका लागि भीमदत्त नगरपालिकाको वडा नम्बर १८ मा होल्डिङ्ग सेन्टर निर्माण गरिएका छन्। एक/एक हजार शय्या क्षमताका होल्डिङ्ग सेन्टर सञ्चानको मापदण्ड नभएकाले दुई वर्षदेअि अलपत्र अवस्थामा रहेका छन्।