सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अवैध सामानबाट पाँच करोड ७१ लाख राज्यश्व संकलन

२०८० साउन ६, ११:०० कमल सावद

धनगढीः कैलाली भन्सार कार्यालय धनगढीको तथ्याँक अनुसार २०८० असारसम्म आठ सय ३५ मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीमार्फत २६५, सशस्त्र प्रहरीमार्फत ५३१ र भन्सार कार्यालय आफैले ३९ मुद्दा दर्ता गरेको हो।

एक आर्थिक वर्षमा कैलाली भन्सार कार्यालय, धनगढीमा पाँच करोड ७१ लाख सात हजार पाँच सय ९९ रुपैयाँका भन्सार छलीका सामान बरामद गरिएको छ। कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० को असारसम्म सो रकम नेपाल सरकारको राज्यश्व खातामा जम्मा गरेको हो।

एक वर्षमा ८३५ मुद्दा दर्ता भएकोमा कैलाली भन्सार कार्यालयले ७४२ मुद्दा फछर्यौट गरेको छ। चार करोड ४० लाख २८ हजार २ सय ४९ रुपैयाँको समानको मुद्दा फछर्याैट भएको हो। एक आर्थिक वर्षमा कैलाली भन्सार कार्यालयले २ करोड ३८ लाख १३ हजार नौ सय मूल्यका समान लिलामी गरेको छ।

कैलालीमा भन्सार छलीको सामान बरामद गरेर भन्सा कार्यालयमा बुझाउनेमा पहिलो नम्बरमा सशस्त्र प्रहरी रहेको छ। सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले एक आर्थिक वर्षमा तीन करोड ५३ लाख २२ हजार तीन सय ५० रुपैयाँ राज्यश्व संकलन गरेको छ। सशस्त्र प्रहरीमार्फत गत आर्थिक वर्षमा ५३१ भन्सार छलीका मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा तीन सस १८ मुद्दा मात्र दर्ता भएका थिए।

उक्त आर्थिक वर्षमा सशस्त्र प्रहरीमार्फत एक करोड ७१ लाख ९२ हजार ६ सय रुपैयाँ राज्यश्व संकलन भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कैलालीमा सशस्त्र प्रहरीको सक्रियता बढेको देखिएको हो। सीमा क्षेत्रमा रहेको सुरक्षा पोष्ट तथा गस्तीमार्फत सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेर भन्सार कार्यालयमा दाखिला गर्दै आएको छ। 

आर्थिक वर्ष २०७८/०७९ को तुलनामा भन्सार छलीका सामान बरामदमा जनपथ प्रहरीको सक्रियतामा कमी आएको छ। जनपथ प्रहरीले मुद्दाको संख्या बढाएको भएपनि राज्यस्व रकममा कमी देखिएको हो। नेपाल प्रहरीमार्फत आर्थिक वर्ष २०७८/०७९ मा १२० मुद्दा दर्ता भएका थिए। उक्त आर्थिक वर्षमा दुई करोड २२ लाख आठ हजार दुई सय ४४ रुपैयाँ राज्यश्व संकलन भएको थियो।

गत आर्थिक वर्ष २०७९/०८० मा तीन सय १८ वटा मुद्दा दर्ता भएका छन। तर राज्यश्व आम्दानी दुई करोड सात लाख ४६ हजार ६२ रुपैयाँ मात्र छ। भन्सार कार्यालयका कर्मचारीले नगन्य मात्रामा भन्सार छलीका सामान बरामद गरेर कारबाही गरेका छन्। भन्सारका कर्मचारीले एक आर्थिक वर्षमा ३९ मुद्दा मात्र दर्ता गरेका हुन्। तर आर्थिक वर्ष २०७८/०७९ को भन्दा धेरै हो। उक्त आर्थिक वर्षमा ८ वटा मुद्दा मात्र दर्ता भएका थिए।

तीन लाख ७५ हजार तीन सय ४० रुपैयाँ अघिल्लो आर्थिक वर्षमा आम्दानी भएकोमा गत आर्थिक वर्ष २०७९/०८० मा १० लाख ३९ हजार एक सय ७८ रुपैयाँ राज्यश्व संकलन भएको छ। भारताबट अबैध सामान नेपाल आउने गरेको छ। ठूलो परिमाणको भन्सार छलीको सामान बरामद गर्न भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारका कर्मचारी असफल भएका छन्। 

कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेको पाइएको छ। जिल्लामा भारतबाट हुने तस्करी नियन्त्रणबाट सशस्त्र प्रहरीले एक वर्षमा साढे तीन करोड राज्यश्व संकलन गरेको हो। भन्सार कार्यालय, कैलालीको तथ्याँक अनुसार अघिल्ला आर्थिक वर्षको तुलनामा मुद्दासँगै रकममा समेत सशस्त्र प्रहरीले बढाएको छ। 

जनपथ प्रहरीको सीमा तथा भन्सार छलीका सामान बरामदमा ठूलो भूमिका देखिएको छैन। नेपाल प्रहरीले भन्सार छलीको सामानबाट हुने राज्यश्वको रकम घटाएको छ। भन्सारका कर्मचारीले बरामद गर्ने भन्सार छलीको सामानको मूल्य नगन्य अवस्थाको रहेको छ। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस