सुदूर नेपाललाई विश्वसँग जोड्दै

धौलीगंगा बाँध पुनः खोलियो, नागरिकलाई सतर्कता अपनाउन आग्रह

फाइल फोटो
फाइल फोटो
२०८० साउन ६, १०:१५ खबर संवाददाता

बैतडीः भारतको धौलीगंगा बाँध पुनः खोलिएको छ। महाकाली नदीमा जलस्तर बढ्ने नदी किनारका नागरिकलाइ जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ।

बाँध आज शनिवार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो। भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको जनाइएको छ।

बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे।
 

कमेन्ट लोड गर्नुस