हरियाली धनगढी अभियानमा अछामका अधिकारी दाजुभाईको साथ
धनगढीः दोस्रो चरणको हरियाली धनगढी अभियानमा अछाम जिल्लाका बिश्व अधिकारी र बाशु अधिकारीले पनि साथ दिएका छन्।
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको हरियाली धनगढी प्रबद्र्धनमा साथ दिँदै दुबै जनाले आफ्ना बुबा स्वर्गीय हरिहर प्रसाद अधिकारीको स्मृतिमा दुईवटा विरुवाका बराबर १० हजार रुपैयाँ सहयोग गरेका हुन्। हरियाली प्रवद्र्धन गर्ने र धनगढीलाई पर्यावरणमैत्री बनाउने अभियानमा जनसमर्थन बढ्दै गएको छ।
उपमहानगरपालिकाले यसका लागि हरियाली प्रवद्र्धन कोष नै स्थापना गरेर रकम जम्मा गर्न ४१७०१००३०५०१०००२ नम्बरको खाता नै सार्वजनिक गरेको छ।